फिल्मको जस्तै कहानी छ बोनी कपूर र श्रीदेवीको प्रेम

४ बर्ष अगाडि

बलिउडमा रुपकी रानी भनेर चिनिएकी दिवंगत अभिनेत्री श्रीदेवी र फिल्म निर्माता बोनी कपूरको प्रेम कहानी कुनै फिल्मको कहानीभन्दा कम छैन । विवाहित बोनी कपूर श्रीदेवीको मायामा यसरी फसे कि उनले आफ्नी पूर्व पत्नीलाई श्रीदेवीलाई माया गर्ने कुरा भने ।

दुई दशक लामो वैवाहिक सम्बन्धलाई सधैँ उदाहरणीय बनाएका यी जोडीको भेट ७० को दशकमा भएको थियो । बोनी कपूरले श्रीदेवीलाई तामिल फिल्मको अनस्क्रिममा देखेका थिए । फिल्म देखेपछि उनले श्रीदेवीलाई आफ्नो फिल्ममा लिने निर्णय सुनाए ।

त्यसपछि फिल्ममा काम गर्नको लागि ऋषि कपूरले श्रीदेवीलाई फिल्ममा काम गर्न अफर गरे । 

बोनी कपूरको दिमागबाट श्रीदेवी हट्नै सकिनन् र अन्तमा उनले श्रीदेवीलाई फिल्म ‘मिस्टर इन्डिया’ मा साइन गराए । 

श्रीदेवीको सुन्दरताको कारण उनलाई उनकी आमाले फिल्ममा काम गर्नको लागि १० लाख दिनुपर्ने बताएकी थिइन् तर बोनी कपूरले ११ लाख दिएर उनको आमासँग नजिकिएको बताए । 

बोनी कपूर श्रीदेवीलाई निकै माया र हेरचाह गर्थे । यद्यपि, उनी विवाहित थिए । तर उनले आफ्नी पत्नीलाई श्रीदेवीलाई अत्यधिक माया गर्ने बताए । विस्तारै श्रीदेवी पनि उनको मायामा परिन् । 


 

४ बर्ष अगाडि

प्रतिक्रिया