‘भद्रगोल’बाट बाँहिरिएको टिमले नयाँ सिरियल ल्याउँदै

४ बर्ष अगाडि

काठमाडौं – चर्चित हाँस्यश्रृखला ‘भद्रगोल’बाट बाँहिरिएका कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’ लगायतको टिम नयाँ टेलिश्रृखलाका साथ देखिने भएका छन् । उनीहरुको टिमले निर्माण गरेको नयाँ श्रृखला आउँदो असोज २ गतेदेखि नेपाल टेलिभिजनबाटै प्रसारणमा आउँने भएको छ । सबै टिम मेम्बरले साझा स्टिकर डिजाइन सामाजिक संजालबाट सार्वजनिक गर्दै नयाँ टेलिश्रृखलाको बारेमा जानकारी दिएका हुन् । श्रृखलाको नाम भने अहिले गोप्य राखिएको छ । 

जेपिटी क्रियसन मार्फत निर्माण हुने श्रृखलाको लेखन निर्देशन जिग्री र पाँडेकै रहनेछ ।  श्रृखलाको नाम केही दिनमै पत्रकार सम्बेलन गरेर सार्वजनिक गर्ने योजना उनीहरुको रहेको छ ।

भद्रगोलमा प्रस्तुत गर्दै आएको थिम र पात्रहरुको कथामै श्रृखला निर्माण हुने अर्जुन घिमिरेले बताए । श्रृखलाको अवको यात्रामा शंकर आचार्य ‘बरिष्ठे) र सिपी पुडाशैनी (धतुरे पनि देखिने भएका छन् । 
‘भद्रगोल’को ट्रेडमार्क मिडिया हबसँग छ । उसले पुरानै भद्रगोलको नयाँ कलाकार लिएर निरन्तरता दिइसकेकोले  यसका युनिटले अर्काे निर्माण गर्नु परेको हो । 

श्रृखला असोज २ गतेदेखि हरेक बिहिबार राती ८ ः५०मा नेपाल टेलिभिजनबाट प्रसारण आउने बताइएको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया