पूर्वराजा ज्ञानेन्द्र स्वदेश फिर्ता, विमानस्थलमा भव्य स्वागत

४ बर्ष अगाडि

काठमाडौ । झण्डै एक महिना लामो समय थाइल्यान्ड भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह सोमबार स्वदेश फर्किएका छन् ।

नातिनी कृतिका शाहलाई पढाइको सिलसिलामा भर्ना गर्ने उद्देश्यले उनी गएको साउन २४ गते थाइल्यान्ड प्रस्थान गरेका थिए ।

उनका साथमा पूर्वरानी कोमल, पूर्वयुवराज्ञी हिमानी शाह पनि सोमबारै स्वदेश फर्किएका छन् ।

सोक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजतन्त्रका समर्थकहरुको बाक्लो उपस्थिति रहेको थियो ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया