सारा र सुशान्तबीच मनमुटाव, सुशान्तले अस्वीकार गरे सारासँग काम गर्ने अफर

४ बर्ष अगाडि

बलिउड अभिनेता सुशान्त राजपूत र अभिनेत्री सारा अली खानबीच मनमुटाव बढेको छ । केहि दिन अगाडि मात्रै सुशान्तले सारासँग काम गर्न अस्वीकार गरिदिएका छन् । 

यी दुवैले एकसाथ ‘केदारनाथ’ फिल्ममा शानदार अभिनय गरेका थिए ।

बलिउडकी सुन्दरी सारा अली खान आजभोलि इम्तियाज अलीको ‘लब आजकल–२’ मा व्यस्त रहेकी छिन् । फिल्म ‘केदारनाथ’ बाट साराले बलिउडमा डेब्यु गरेकी थिइन् । साराले सुशान्तसँग यस फिल्ममा गरेको अभिनयको प्रशंसा भएको थियो ।

उक्त फिल्मपछि यी दुईबीचमा मनमुटाव शुरु भएको भारतीय सञ्चार माध्यममा उल्लेख छ । 

मिडिया रिपोर्टका अनुसार साराकी आमा अमृता सिंहको सल्लाहअनुसार साराले सुशान्तसँग दुरी बढाएकी थिइन् । सुत्रको अनुसार सुशान्तले भर्खरै सारासँग एउटा विज्ञापनमा काम गर्न इन्कार गरेका छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया