आजदेखि नेपालमा पाइपलाइनबाट डिजल, वार्षिक दुई अर्ब जोगिने

४ बर्ष अगाडि

आजदेखि नेपालमा पाइपलाइनबाट पेट्रोलियम पदार्थ आउने भएको छ । 

नेपाल–भारत पेट्रोलियम पाइपलाइन परियोजना अन्तर्गत भारतको मोतिहारीबाट बाराको अमलेखगन्जसम्म पाइपलाइनबाट इन्धन आउने भएको हो । 

६९.२ किलोमिटर लामो पाइपलाइनको आज भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त रुपमा स्विच थिचेर उद्घाटन गर्नेछन् । 

भारतीय प्रधानमन्त्री मोदीले सुरुमा दिल्लीबाट स्वीच थिचेर  बरौनीमा तेलको पाइप ‘अन’ भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट रिसिभ स्वीच थिचेर अमलेखगञ्जमा तेल स्वीकार गर्ने छन् ।

त्यसपछि मध्यान्ह १२ बजेदेखि नेपालमा औपचारीक रुपमा पाइपलाइनबाट डिजल आउन शुरु गर्ने छ । 

सन् २०१५ को अगष्टमा तत्कालीन वाणिज्य तथा आपूर्तिमन्त्री सुनीलबहादुर थापा र उनका भारतीय समकक्षी धर्मेन्द्र प्रधानले हस्ताक्षर गरेसँगै परियोजना निर्माण शुरु भएको परियोनजा करीब चार अर्ब ४० करोड लागतमा निर्माण भएको हो ।

त्यसअघि सन् २००४ मा नै निगम र भारतीय आयल कर्पोरेशनबीच अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजना निर्माणका लागि  सम्झौता भएको थियो । निर्माण सम्पन्न भएपछि  साउन २ गते  पाइपलाइनको परीक्षण सफल भएको थियो । 

नेपालतर्फ ३७.२५ र भारततर्फ ३२.६५ किलोमिटर रहेको पाइपलाइनबाट तत्काल प्रतिघन्टा २ लाख लिटर डिजेल आयात गर्न सकिने नेपाल आयल निगमले जनाएको छ ।

उदघाटनपछि पहिलो चरणमा पाइपबाट डिजेल ल्याइने निगमले जनाएको छ  । अमलेखगञ्जमा पेट्रोल भण्डारण ट्यांक निर्माण गरेपछिमात्र पेट्रोल ल्याइने छ । 

दैनिक झण्डै चार हजार किलोलिटर पेट्रोलियम पदार्थ ल्याउन सकिने नेपाल पाइपलाइनबाट पेट्रोलियम पदार्थ भित्रन थालेपछि वार्षिक वार्षिक दुई अर्बभन्दा बढी ढुवानी खर्च जोगिने निगमको दावी छ । 


 

४ बर्ष अगाडि

प्रतिक्रिया