चिनियाँ विदेशमन्त्रीले प्रचण्डसँग हात मिलाए

४ बर्ष अगाडि

चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

नेपाल भ्रमणमा रहेका वाङले आज बिहान राजधानीको एक पाँचतारे होटलमा प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

भेटवार्तामा दुई देशको आपसी हितलगायत विषयमा कुराकानी भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

वाङले यसअघि नै राष्टपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराषट्रमन्त्री प्रदीप ज्ञवालीलगायतसँग भेटवार्ता गरेका थिए ।

४ बर्ष अगाडि

प्रतिक्रिया