स्वस्थ जीवन जिउने सात तरिका (स्वास्थ्य टिप्स)

४ बर्ष अगाडि

स्वस्थ जीवन जिउन निकै कठिन छ । जीवन हो, जिउन त पर्छ नै । तर, हामी त्यो जीवन कसरी जिउने कुरा मर्दासम्म पनि जानिराखेका हुँदैनौ । जीवन जिउने भनेको बाँच्नु हो तर स्वस्थ जीवन जिउनु भनेको भिन्दै कुरा हो । स्वस्थ जीवन भनेको तन वा शरीर र मन वा सोचबीचको सन्तुलित तालमेल हो । यसका लागि हामीले निम्न विषयमा ध्यान दिनुपर्छः

पहिलो कुरा, समयको निकै बचत गर्नुहोस् । कुनै पनि काम सोचेको समयभन्दा पहिले र राम्रो तरिकाले गर्नुहोस् । यो काम सफल हुने बित्तिकै शरीरमा स्फूिर्त आउँछ र मनमा ताजगीको अनुभूति हुन्छ ।

थकाइको महसुस नै हुँदैन । यो स्फूर्तिले थप नयाँ र सिर्जनात्मक कार्य गर्न प्रेरित गर्दछ । यो भनेको तनावको राम्रो उपचार हो । यसले जीवन जिउने नयाँ तरिका र उपायको खोजी र विकास गर्न सिकाउँछ । ‘स्वस्थ मन, स्वस्थ शरीर र स्वस्थ शरीर, स्वस्थ मन’ लाई व्यावहारिक रूप प्रदान गर्दछ ।

दोस्रो कुरा, कामको आफ्नो कार्यतालिकालाई सन्तुलित र सजीव बनाउनुहोस् । यसले तपाईंलाई दिमागी थकान र तनावबाट निकै राहत प्रदान गर्दछ । यसले सरल र सहज दिनचर्यालाई बढावा दिन्छ । जीवन निकै हल्का, सजीव र स्फूर्तिका साथै जीवनप्रति आशावादी बनाइराख्छ । जीवनबाट वाक्क र दिक्क बनाउँदैन । उठ्ने समय, काम गर्ने समय, खाना खाने समय, नास्ता खाने समय, आराम गर्ने समय र मनोरञ्जनात्मक क्रियाकलापको समय छुट्याई राखेमा कुनै पनि समय तनावपूर्ण रहँदैन ।

तेस्रो कुरा, खाना सन्तुलित खाइयो भने शरीरको आमाशयमा भएको पाचनप्रणाली वा जठाराग्नीले निकै सहजतामा काम गर्छ । यसरी काम भएका दिमागमा सन्तुलन आउँछ । दिमाग ठन्डा रहन्छ । पेट दुख्ने र टेन्सन पैदा हुने हुँदैन । यसले शरीरका लागि चाहिने खाद्य पदार्थ तथा पाचनका लागि आवश्यक हुने इन्जाइम वा तरल रस पैदा गर्न निकै मद्दत गर्दछ । यसले शरीरमा चमक, छालामा लचकता, कोमलता र रोग प्रतिरोधी क्षमताको विकासमा निकै मद्दत गर्दछ । वास्तवमा जीवन भनेको आहाराको प्रतिफल वा अभिव्यक्ति पनि हो । यसका लागि शरीरलाई चाहिने तŒवहरू प्रायः सबै रहेका खाना नै सन्तुलित आहारा हो ।

चौथो कुरा, जीवनका लागि योग जरुरी छ । योग भनेको शारीरिक व्यायाम हो । यो यस्तो व्यायाम हो, जसले शरीरको आन्तरिक तथा बाह्य दुवै शुद्धिलाई एकैपटक सन्तुलन मिलाएर अघि बढाउँछ । यसमा विभिन्न व्यायाम, प्राणायाम र ध्यानहरू पर्दछन् ।

पाँचौं कुरा, सकारात्मक किसिमले सोच्ने गर्नुहोस् । यसले तपार्इंको आयु बढाउँछ । काम गर्न जाँगर बढाउँछ । सकारात्मक सोचले राम्रा कामहरू मात्र गर्न प्रेरित गर्दछ । यो मानसिक तनावको मनोवैज्ञानिक उपचार पनि हो ।

छैटौं कुरा, खुसी रहनु र खुलेर हाँस्नु हो । यसले हृदयदेखि नै मानिसलाई खुला बनाउँछ । कपट, षड्यन्त्र, लालच, मोह र पूर्वाग्रहबाट यसले मुक्त गराउँछ ।

सातौं, गलत सोच र बानी त्याग्नुहोस् । यसले गर्दा आफूमा विकास भइरहेको हीनताबोध हराउँदै जान्छ । आत्मबल बढ्दै जान्छ । काम गर्ने जाँगर र सिर्जनात्मकतामा बढोत्तरी हुँदै जान्छ । आफन्त तथा साथीहरूले पनि आलोचना गर्नुको साटो माया र सहयोग गर्न थाल्छन् । यी कुराहरूले मानिसलाई सही र सार्थक जीवन जिउन मद्दत गर्छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया