एडुकेशन कन्सलटेन्सीहरुको आधिकारिक बैंक नबिल बैंक

४ बर्ष अगाडि

शैक्षिक परामर्शदाताहरुको संगठन एडुकेशन कन्सलटेन्सी एसोसिएसन अफ नेपाल (इक्यान)को आधिकारीक बैंकका रुपमा नबिल बैंकले काम गर्ने भएको छ । 

इक्यानसँग विशिष्ट बैंकिङ् सेवा प्रदान गर्ने सम्झौता भएसँगै र नबिल एडुकेशन कन्सलटेन्सीहरुको आधिकारीक कारोबार गर्ने बैंक भएको हो । 

अब नबिलले इक्यानसँग आवद्ध कन्सल्टेन्सीहरू, तीनका कर्मचारी एवं विद्यार्थी का लागि आधिकारिक बैंकको रुपमा सेवा प्रदान गर्ने सम्झौतामा उल्लेख छ ।

जसअन्तर्गत बैंकले इक्यान सदस्य संस्था तथा विद्यार्थीलाई प्राथमिकताका साथ न्यूनतम शुल्कमा शैक्षिक कर्जा लगायत विप्रेषणका सुविधा, कार्ड सुविधा, कर्मचारी खाता, अनलाइन भुक्तानी सेवा लगायत सम्पूर्ण बैंकिङ सुविधा प्रदान गर्नेछ । 

उक्त सम्झौतामा हस्ताक्षर गर्दै नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले सहमतिमार्फत नेपालको भविष्यको कर्णधार विद्यार्थीलाई उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्ने नबिल बैंकको प्रतिबद्घता रहेको उल्लेख गरे । 

त्यस्तै इक्यानका अध्यक्ष विष्णु हरि पाण्डेले सदस्य संस्था, कर्मचारीलगायत विद्यार्थी ले सुलभ तरिकाले सम्पूर्ण बैंकिङ सुविधा पाउने विश्वास व्यक्त गरे । 

४ बर्ष अगाडि

प्रतिक्रिया