एउटा बैंकबाट अर्कोमा रकम जम्मा तुरुन्तै, चेक नकाटी रकम भुक्तानी

४ बर्ष अगाडि

एउटा बैकको कुनैपनि शाखाबाट अर्कोको कुनैपनि शाखाका रकम जम्मा गर्दा तुरुन्तै जम्मा हुने भएको छ ।  रियल टाइम ग्रस पेमेन्ट सिस्टम (आरटीजीएस) लागू भएसँगै एकबैंकबाट अर्कोको कुनैपनि शाखामा रकम तत्काल जम्मा हुने भएको हो । 

२८ वटै वाणिज्य बैंकले आरटीजीएस प्रणाली लागू गर्नका लागि राष्ट्र बैंकसंग सम्झौता गरेका छन् । जुन आउदो बिहीबारदेखि कार्यान्वयनमा आउने राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले बताए । 

अहिलेसम्म चेकमार्फत रकम भक्तानी गदा क्लियरिक प्रक्रियामा जानुपर्ने भएकाले सामान्य अवस्थामा एकदेखि दुई दिनमा मात्र राफसाफ हदै आएको थियो। 

त्यसैगरी यो प्रणाली लागू भएपछि अब २ लाख रुपैयाँभन्दा बढीको भुक्तानी दिँदा चेक पनि काट्नु नपर्ने भएको छ । 

राष्ट्र बैंकले गत भदौ १९ मा आरटीजीएस नियमावली ल्याएको थियो । 

तत्कालका लागि २ लाखभन्दा माथिको भुक्तानीलाई स्वेच्छिक र २० लाख रुपैयाँभन्दा माथिको भुक्तानी अनिवार्यरुपमा आरटीजीएस प्रणालीमार्फत् विनाचेक भुक्तानी गर्नुपनेर्ने  मिश्रले बताए । 

यो प्रणाली धेरै सुरक्षित, विश्वसनीय र छिटो रहेको र प्रतिकारोबार १० रुपैयाँ शुल्क लाग्ने राष्ट्रबैंको भनाइ छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया