राष्ट्रिय वाणिज्य बैकका ग्राहक र कर्मचारीलाई किस्ट हस्पिटलमा १५ प्रतिशत छुट

ajaako_artha

राष्ट्रिय वाणिज्य बैंकका  ग्राहक, कर्मचारी र तिनका आश्रित परिवारलाई र किस्ट टिचिङ हस्पिटलले हस्पिटलले छुट दिने भएको छ । 

बैंक र हस्पीटलबीच बैंकका ग्राहक, कर्मचारी तथा तिनका आश्रित परिवारलाई हस्पिटलले दिने सेवामा १५ प्रतिशत सम्म छुट दिने सम्बन्धी सम्झौता भएको हो । 

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र किस्ट टिचिङ हस्पिटलका कार्यकारी अध्यक्ष आशिष थापाले हस्ताक्षर गरे ।

उक्त सम्झौतापश्चात राष्ट्रिय वाणिज्य बैंकका ग्राहकवर्ग, कर्मचारी तथा तिनका आश्रित परिवारले आउटसोर्स बाहेकको हस्पिटल सेवा शुल्कमा १५ प्रतिशत र फार्मेसीमा ७ प्रतिशत छुट एक वर्ष सम्म पाउने छन् । 

उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका नायव प्रमुख कार्यकारी अधिकृतहरु कबिराज अधिकारी, केशबप्रसाद लम्साल, विभागीय प्रमुख पवन रेग्मी, किस्ट टिचिङ हस्पिटलका पदाधिकारीहरुको उपस्थिती  रहेको थियो ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१०२.२०१०२.८०
European Euro१२७.३५१२८.१०
UK Pound Sterling१४४.३३१४५.१७
Swiss Franc१०९.७४११०.३८
Australian Dollar८१.०३८१.५०
Canadian Dollar८२.२६८२.७५
Singapore Dollar७७.४५७७.९१