आईपीओ जारी गर्न सिंगटी हाइड्रोकाे निवेदन

४ बर्ष अगाडि

सिंगटी हाइड्रो इनर्जी लिमिटेडले ४३ लाख ५० हजार कित्ता आईपीओ जारी गर्ने भएको छ । 

दोलखामा २५ मेगावाट क्षमताको सिंगटी खोला जलविद्युत आयोजना निर्माण गरिरहेको सो कम्पनीले आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो ।  

कम्पनीले कुल कित्तामध्ये आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि १४ लाख ५० हजार कित्ता र सर्वसाधारणका लागि २९ लाख कित्ता बिक्री गर्ने जनाएको छ । 

केयर रेटिङ नेपालले यस आईपीओलाई ग्रेड ४ रेटिङ प्रदान गरेको छ । यस आईपीओ बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट लिमिटेडलेरहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया