द्रूत गतिको इन्टरनेट सेवा सुरु

४ बर्ष अगाडि

काठमाडौं – सिङ्गो गाउँपालिकालाई समेट्ने गरी नेपाल टेलिकमले दू्रत गतिको इन्टरनेट सेवा ‘एफटीटीएच’ सुरु गरेको छ । टेलिकमले पहिलो पटक रुपन्देहीको गैडहवा गाउँपालिकास्थित सूर्यपुरा बजारबाट उक्त सेवा सञ्चालनमा ल्याएको हो ।

समबार एक कार्यक्रमका बिच रुपन्देही क्षेत्र नम्बर पाँचका सांसद भरतकुमार शाहले उक्त सेवाको उद्घाटन गरेका छन् ।

टेलिकमको आगामी दिनमा नेपालका अन्य गाउँपालिकाहरुमा पनि यो सेवा विस्तार गर्ने योजना रहेको छ ।यसअन्तर्गत न्यूनतम एक वर्षका लागि आठ एमबीपीएसको प्याक जम्मा आठ हजार रुपैयाँमा उपलब्ध छ ।

हाल ‘एफटीटीएच’ प्याकेजअन्तर्गत नयाँ लाइन जडान गर्ने ग्राहकले एक थान वाइफाई राउटर (सीपीई) र १०० मिटर ड्रप फाइबर निःशुल्क प्राप्त गर्ने टेलिकमले जानकारी दिएको छ ।
आर्थिक न्युज बाट

४ बर्ष अगाडि

प्रतिक्रिया