यसरी हात हेरेर थाहा पाइन्छ यी रहस्य

४ बर्ष अगाडि

 ज्योतिष शास्त्रका अनुसार हस्तरेखाका आधारमा जीवनका धेरै विषयबारे जानकारी लिन सकिन्छ ।
हातमा भएका रेखाहरु सामन्यतया परिवर्तन हुँदैनन् । जसको प्रभाव जीवनमा परिरहन्छ । यी रेखाको माध्यमबाट आफ्नो पारिवारिक अवस्था, विवाह, धन, विद्या, पारिवारीक अवस्था, विदेश यात्रा योग लगायतका विषयमा जानकारी पाउन सकिन्छ ।

हातमा हुने जीवन रेखा, भाग्य रेखा, हृदय रेखा, मणिबन्ध, सूर्य रेखा, विवाह र सन्तान रेखा महत्वपूर्ण मानिन्छन् ।
हस्तरेखा ज्योतिषका अनुसार कुनै पनि ब्यक्तिको विवाह रेखा हेरेर प्रेम विवाह हुन्छ कि मागी विवाह भन्ने कुरा भविष्यवाणी गर्न सकिन्छ । विवाह रेखासँग सन्तान रेखा समेत हुने बताइन्छ ।

विवाह रेखा कान्छी औंलीकोको तल्लो भागमा हुन्छ । यसलाई बुध पर्वत पनि भनिन्छ । बुध पर्वतको अन्त्यमा केही गहिरो रेखा हुन्छ । त्यसलाई नै विवाह रेखा भनिन्छ । यस्ता रेखा एक मात्र नभएर धेरै पनि हुन सक्छन् ।

एक भन्दा बढी विवाह रेखा हुने ब्यक्तिका प्रेम प्रसंग बढि हुने र धेरै जनासँग नजिकिने ज्योतिषहरुले बताउँछन् । यी रेखाहरु बढी तलपट्टि गएका छन् भने यस्ता ब्यक्तिको बैबाहिक जीवन राम्रो हुँदैन ।

कुनै स्त्रीको हातमा विवाह रेखाको शुरुमै टापु जस्तो चिन्ह छ भने यस्ता महिलाले सौता ब्योहोर्नु पर्ने वा झुक्याएर विवाह गरिदिने खतरा हुन्छ । यस्ता महिलाका पतिलाई स्वास्थ्यको समस्या समेत हुन सक्छ ।

यदि कुनै ब्यक्तिको हातमा विवाह रेखा लामो छ र सूर्य पर्वत सम्म पुगेको छ भने यस्ता ब्यक्तिको बैबाहिक जीवन सुखमय हुन्छ भने जीवनसाथी पनि समृद्ध प्राप्त गर्छन् ।

यदि कसैको विवाह रेखा बिचमै काटिएको छ भने यसले विदुर वा विधवा हुने संकेत गर्छ ।


सन्तान रेखा पनि कान्छी औंद्याको तल्लो भागबाटै शुरु हुन्छ । यो ठाडो रेखा हुन्छ । यो रेखाबाटै कुन ब्यक्तिका सन्तान कति हुन्छ भन्ने थाहा पाउन सकिने ज्यतिष शास्त्रीहरुको दावी छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया