'राष्ट्रिय गान र मलामीको साइनो छैन'

४ बर्ष अगाडि

काठमाडौँ — संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले गंगा आरतीमा प्रारम्भ गरिएको राष्ट्रिय गान र आरती हुने स्थान नजिकै मृतकहरूको अन्त्येष्टि हुने र शोकाकुल आफन्त असहज परिस्थितिबीच कुनै सम्बन्ध नरहेको प्रतिक्रिया दिएका छन् । 
मंगलबार पर्यटन बोर्डमा आयोजित फोटो नेपालको कार्यक्रमा पुगेका मन्त्री भट्टराईले राष्ट्रिय गान बजाउने निर्णय र मलामी गएकाहरुको कुनै सम्बन्ध नहुने बताए। ‘राष्ट्रिय गान अलग हो, त्यो अलग हो,’ कान्तिपुरसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘यो एकै ठाउँमा ल्याइएको प्याकेज होइन।’ उनले पशुपति क्षेत्रमा हुने विविध सांस्कृतिक कार्यक्रमहरुको प्रसंग जोड्दै भने, ‘त्यसो त तिजमा दिदीबैनीहरु तिलहरी लगाएर नाचगान गरिरहेका हुन्छन्। अन्य कुरा पनि सँगसँगै चलिनै रहेको हुन्छ। त्यसैले यो फरक विषय हो।’

४ बर्ष अगाडि

प्रतिक्रिया