बलात्कार गरेको आरोपमा इन्जिनियर पक्राउ

४ बर्ष अगाडि

किशोरीलाई बलात्कार गरेको आरोपमा बैतडीको मेलौली नगरपालिकामा कार्यरत एक इन्जिनियर पक्राउ परेका छन्।

सब इन्जिनियर पढ्दै गरेकी किशोरीलाई बलात्कार गरेको आरोपमा इन्जिनियर रोशन चन्द पक्राउ परेका हुन्।

मंगलबार साँझ किशोरीका आफन्तले चन्द विरुद्ध जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको हो। घटना डडेल्धुरामा भएकोले अनुसन्धानको लागि डडेल्धुरा पठाउने जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक किसन चन्दले बताए।

किशोरीको स्वास्थ्य परीक्षणको काम भइरहेको उनले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया