जिल्ला अदालतमा खोल्ने भयो एनआईसीले एटिएम

४ बर्ष अगाडि

ललितपुर जिल्ला अदालत  सँगको समझौता पछि एन आई सी एशिया बैंकले ललितपुर महानगरपालिका वडा नं १५ लगनखेलस्थित ललितपुर जिल्ला अदालत परिसरमा एक्स्टेन्सन काउण्टर र एटिएम मेसिन संचालन गर्ने भएको छ ।  

बैंकका प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डे र ललितपुर जिल्ला अदालतका श्रेस्तेदार नगेन्द« कुमार कालाखेती बिच समझौता पत्रमा हस्तक्षेर भएपछि सो निर्णय भएको हो ।

एटिएम संचालन पछि अदालत आउने सेवाग्राहीलाई रकम व्यवस्थापनमा सहजता मिल्ने बैंकको भनाई रहेको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया