आफ्नै गृहजिल्लामा प्रधानमन्त्री र अर्थमन्त्रीलाई लाग्यो नराम्रो झडका

४ बर्ष अगाडि

काठमाडौं–  उद्योग वाणिज्य संघ दमकमा नेकपा निकटका व्यवसायीलाई नराम्ररी धक्का लागेको छ ।  

काँग्रेस निकट व्यवसायीले जित हाँसिल गरेसँगै झापामा खैलाबैला सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाको दमक अर्थमन्त्री युवराज खतिवडाको गृहनगर समेत हो भने त्यहाँ नेकपाको अत्यधिक प्रभाव रहेको छ । तर, मतपरिणामअनुसार उद्योग बाणिज्य संघ दमकको अध्यक्षमा लोकतान्त्रिक समूहका गोकुल श्रेष्ठ विजयी भएपनि खैलाबैला सुरु गएको हो । 

उनी प्रगतिशील समूहका विमल खतिवडालाई ४९५ मतको फराकिलो अन्तरले पराजित गर्दै श्रेविजयी भएका हुन् । मत परिणाम अनुसार श्रेष्ठले १४११ मत र खतिवडाले ९१६ मत मात्रै प्राप्त गरे ।

वरिष्ठ उपाध्यक्षमा प्रगतिशीलका देवीप्रसाद गुरागाईं विजयी भएपनि प्रथम उपाध्यक्षमा लोकतान्त्रिकका राजु खड्का, द्वितीय उपाध्यक्षमा राजकुमार योङया,  तृतीय उपाध्यक्षमा  रमा लिम्बु विजयी भए । 

यसैगरी खुल्ला सदस्यमा लोकतान्त्रिकबाट तीन जना र प्रगतिशिलबाट तीन जना विजयी भए । लोकतान्त्रिकबाट चन्द्र खत्री, तुलसीराम तिम्सिनार नविन कुमार अग्रवाल बिजयी भएका हुन् भने प्रगतिशीलबाट भरत कुमार चम्लागाईं, राजकुमार थापा र असिम राई विजयी बने। 

वस्तुगत तर्फ लोकतान्त्रिक समुहबाट  मोहन ढकाल  र रुबल अधिकारी विजयी भए भने प्रगतिशीलका गायत्री पौडेल , राजेश अधिकारी र दिनेश सुवेदी विजयी बने । 

लेखा समिति संयोजकमा प्रगतिशीलका खोम बगाले विजयी महिला सदस्यमा लोकतान्त्रिककी सुस्मा निरौला  र प्रगतिशिलकी बिन्दु सिटौला विजयी भए । 
कुल २६८० मतदाता मतदानमा २३६० मत खसेको थियो । संघको २१ पदको निर्वाचनको लागी ४४ जना उम्मेद्वारहरु चुनावी मैदानमा उत्रिएकोमा अधिकांशमा काँग्रेसले बाजी मारेको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया