प्रधानमन्त्री ओलीको मुटुबाट क्याथेटर निकालियो

४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीको मुटुमा राखिएको क्याथेटर आज बिहान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले निकालिदिएको छ ।

क्याथेटर प्लाज्मा फेरोसिस गर्दा सिंगापुरमा राखिएको थियो । मुटुरोग विशेषज्ञहरुका अनुसार बिरामीको हात तथा खुट्टाको नसाबाट तार पठाएर गरिने जाँच र उपचार पद्धतीलाई क्याथेटर भन्ने गरिन्छ ।

मिर्गौलामा एन्टीबडीको मात्रा बढेपछि प्लाज्मा फेरेसिस विधिबाट प्रधानमन्त्रीको मुटुमा क्याथेटर राखिएको थियो ।ओली अघिल्लो साता मात्रै सिंगापुरबाट उपचार गराएर फर्किएका थिए।  ओलीलाई मृगौलासम्बन्धी समस्या रहेकोछ।

४ बर्ष अगाडि

प्रतिक्रिया