एनसेल काण्डमा फैसला गर्ने न्यायाधीशलाई महाभियोग लगाउन माग

४ बर्ष अगाडि

काठमाडौं– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले एनसेल प्रकरणमा फैसला गर्ने न्यायाधीशलाई महाभियोग लगाउन माग गरेको छ । 

भदौ १० गते  सर्वोच्च  अदालले  एनसेल  कर असुली बारे  फैसला गरेपछि चौतर्फी विरोध हुँदै आएको छ । सोही बारे क्रान्तिकारीले पनि एनसेलले ७५ अरब भन्दा बढि कर छलेर  देशलाई नै  टाट पल्टाउँदा न्यायधीशले पनि खतरनाक फैसला गरेको ठहर गरेको हो । 

क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘सर्वोच्का केही न्यायधिशहरुले एनसेलले १८ अरब ५० करोड तिर्न नपर्ने निर्णय गरेका छन् । सो राष्ट्रघाती र जनघाती निर्णय गर्ने न्यायधिशहरुलाई महाअभियोग  लगाउनु पर्छ भन्ने  छलफल पनि चलिरहेको हँुदा यथासिघ्र ती न्यायधिशहरुलाई महाअभियोग  लगाइयोस् भन्ने जोडदार माग पनि गर्दछौं ।’

साथै उक्त निर्णय खारेज गरी अबिलम्व  एनसेललाई  करको दायरामा ल्याउन पनि माग गरिएको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया