भारतमा तपाईको एटिएम चलेन, अब यसो गर्नुस

४ बर्ष अगाडि

काठमाडौं – तपाईं भारत भ्रमणमा जानु भएको छ , अध्ययन वा व्यापार व्यवसाय वा अरु कुनै काममा जानु भएको छ ? तपाईलाई पैसा जरुरी पर्यो र एटिएममा जानु भयो भने तपाईको एटिएम चलेन ? अब चिन्ता नगर्नुस् ।

अब तपाईंले भारतमै भुक्तानी पाउनु हुने भएको छ । तर, त्यसका लागि तपाईले नेपालमा रहेका आफ्ना आफन्तलाई राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलासँग सम्पर्क गर्नुपर्ने हुन्छ ।

निरौलासँग सम्पर्क गर्न राष्ट्र बैंकसम्म पुग्नै पर्दैन । उनको मोवाइल नम्बर ९८५१२१०९१९ मा टेलिफोन गरेर गुनासो गरेको खण्डमा २४ घन्टाभित्र तपाईंले भुक्तानी पाउनुहुने छ ।

‘एटीएम कार्ड नचलेका कारण उपचारका लागि भारत गएकाहरु, विद्यार्थीहरु र भारत भ्रमणमा रहेकाहरुलाई समस्या नपरोस् भनेर हामी लागि परेका छौं,’ राष्ट्र बैंकका प्रवक्ता निरौलाले भने, ‘नेपालमा रहेका आफन्तमार्फत मेरो मोवाइल नम्बरमा फोन गरेर जानकारी गराएको खण्डमा हामी २४ घन्टाभित्र भुक्तानी पाउने व्यवस्था मिलाउँछौं ।’

गत भदौ १४ गते चिनियाँ ह्याकरहरुले विभिन्न नेपाली बैंकको एटीएम ह्याक गरी भिसा कार्डमार्फत नेपाल र भारतबाछ साढे ३ करोड रुपैयाँ चोरी गरेका थिए । त्यसपछि नेपाली एटीएम तथा भिसा कार्डले भारतबाट पैसा झिक्न समस्या परिरहेको छ । यही समस्यालाई समाधान गर्न राष्ट्र बैंक गंभीर बनेको हो ।

 

४ बर्ष अगाडि

प्रतिक्रिया