बाँकेमा ह्वातै बढ्यो हुलाक बैकप्रति आकर्षण

४ बर्ष अगाडि

बाँकेमा सहकारी संस्थाले बचतकर्ताका रकम ठगिएका गुनासो वाहिर आउन थालेपछि हुलाक बचत बैकप्रति चासो सर्वसाधारणमा ह्वातै बढेको छ । सहकारी संस्थाहरुमा बचतकर्ताको रकम अशुरक्षीत हुने जानकारी हुन थालेपछि बाँकेमा हुलाक बैकप्रति बचतकर्ताहरुको आकर्षण बढ्न थालेको जिल्ला हुलाक कार्यलय बाँकेका प्रमुख गोविन्द पाण्डेले बताए । 

कर्मचारीको कम आकर्षण रहेको भनिने हुलाक कार्यलयमा आफूले प्रमुखको जिम्मेवारी सम्हालेको एक महिनायता हुलाक बैकलाई कसरी आकर्षक वनाउने भन्नेमा केन्द्रित भएको पाण्डेले बताए । 

पछिल्लो एक बर्षमा हुलाक बचत बैकमा एक हजार सात सय ५० जनाको दश करोड रकम निक्षेप संकलन भएको छ । 

 हुलाकका प्रमुख पाण्डेले बचतमा कर नलाग्ने भएकाले त्यसवारेको प्रचारप्रसार आफूकेन्द्रित भएको जानकारी दिँदै निक्षेपमा छ प्रतिशत ब्याजदर तथा जेष्ठनागरिकका लागि थप एक प्रतिशत ब्याजदर रहेको वताए ।   
 

४ बर्ष अगाडि

प्रतिक्रिया