२५ लाख सम्मको सामान किन्दा तीनपुस्ते चाहिने, विवरण नलिनेलाई एक करोड जरिवाना

४ बर्ष अगाडि

सरकारले एकपटकमा रु २५ लाख भन्दा धेरै रकमको सामान किन्ने ग्राहकलाई अब तीन पुस्ते विवरण बुझाउनु पर्ने नियम ल्याउन लागेको छ । 

कम्पनी रजिष्ट्रारको कार्यालयले एक पटकमा २५ लाख वा वार्षिक १ करोडको कारोबार गर्ने व्यक्ति वा संस्थाले अनिवार्य रुपमा तीनपुस्ते बिबरण भर्नुपर्ने नियम ल्याउन लागेको हो । 

कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएका कम्पनीहरुले आफ्ना ग्राहकसँग  बैंकले मागेजस्तै केवाइसी 'नो योर कस्टमर' विवरण भर्नुपर्ने  छ । 

सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धमा कम्पनीहरुलाई जारी गरिने निर्देशिकामा यस्तो व्यवस्था गर्न लागिएको हो। 

असोज १ देखि लागू हुन लागेको यो निर्देशिकामा सुझाव पनि मागिएको छ तर दिने म्याद आजसम्ममात्रै छ । 

यो व्यवस्था लागू भएपछि कम्पनी ऐन अनुसार दर्ता भएका कम्पनीले निर्देशिकाअनुसार नगरेमा सचेत गराउनेदेखि १ करोड रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।

व्यापारी देखि गाडी किन्नेहरुसमेत यसबाट प्रभावित हुने छन् । नजिकिएको दशैंमा गाडी किन्ने योजना बनाएकाहरुले अब पहिला आफ्नो तीनपुस्ते विवरण कम्पनीमा बुझाएर मात्र कारोबार गर्नुपर्ने अवस्था आउने देखिएको छ ।  

कम्पनीहरुले आफूसँग कारोबार गर्न आएको ब्यक्ति वास्तवमै असली हो÷हैन भनेर अनौपचारिक स्रोतबाट पनि बुझ्नु पर्ने छ। तीन पुस्ते, पेस गरेको विवरण, ब्यक्तिको  प्रभाव वा स्वार्थ पनि हेर्नुपर्ने हुन्छ । 

कारोबार गर्नेको पुख्यौंली तथा वर्तमान आर्थिक अवस्था स्वभाविक देखिन्छ÷देखिँदैन भनेर पनि हेर्नु पर्नेछ। 

४ बर्ष अगाडि

प्रतिक्रिया