धनीका कुराः कति पैसा बोकेर हिँड्छन् मुकेश अम्बानी ?

भदौ २५, २०७६ | आजको अर्थ
ajaako_artha

धीरूभाई अम्बानीका ठूला छोरा  मुकेश अम्बानी ‘अलिबाबा’का संस्थापक  ज्याक  पछिका सबैभन्दा धनि व्यक्तिको सूचिमा रहेका छन् । 

त्यसोत ‘अम्बानी’ खानदाको मतलव पैसा नै पैसा हो । सामाजिक सञ्जालमा उनी निकै भाइरल भइरहन्छन् । मुकेश अम्बानी ‘राजखानदान’ को जस्तै जीवनयापन गर्न रुचाउँछन् ।  उनको घर पनि राजमहल जस्तै र धेरै महंगो घरहरु मध्ये गनिन्छ । 

तर तपाईलाई थाहा छ मुकेश घरबाट निस्कदा खल्तीमा कति पैसा लिएर निस्कन्छन् रु यो कुरा सुनेर तपाई अचम्ममा पर्नुहुनेछ । यो कुराको रहस्य  उनी आफैले खोलेका हुन् ।

हालै मुकेश अम्बानीले आफ्नो खल्तीको रहस्य पर्दाफास गरेका छन् । उनले बताएअनुसार  उनी आफ्नो खल्तीमा न पैसा नै राख्छन् , न त क्रेडिट कार्ड नै ।  उनको सबै खर्चको बील उनीसँगैको व्यक्तिले तिर्छन् । 

उनले भन्छन्, ‘पैसा मेरोे लागि महत्वपूर्ण छैन, पैसा मात्रै एउटा वस्तु किन बेच गर्ने साधन हो । जसले जोखिम उठाउने काम गर्छ  । जसले सबै काम सहज बनाउँछ । म आफ्नो साथमा न पैसा बोक्छु न क्रेडिट कार्ड नै , धेरै कम मान्छेलाई मात्र थाहा छ कि म सानै उमेरदेखि नै साथमा पैसा राख्दैन थिए ।’ 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११४.३८११४.९८
European Euro१२३.५२१२४.१७
UK Pound Sterling१४७.७४१४८.५१
Swiss Franc११६.४३११७.०४
Australian Dollar७५.४४७५.८४
Canadian Dollar८६.२३८६.६८
Singapore Dollar८१.६५८२.०८