अनलाइन गेमको ऋण चुक्ता गर्न यी व्यक्तिले गरे ३८ करोड चोरी

४ बर्ष अगाडि

बित्तिय सेवा प्रस्तावक मल्टिनेशनल कम्पनी गोल्डम्यान स्याक्सका भाइस प्रेजिडेन्ट अश्वनी झुनझुनवाला पक्राउ परेका छन् । उनी धोकाधडी र विश्वासघातको आरोपमा मंगलबार पक्राउ परेका हुन् । 

उनीमाथि अनलाइन गेम खेलेर गुमाएको रकम चुक्ता गर्नको लागि कम्पनीको ३८ करोड (भारतीय) रुपियाँ ठगी गरेको आरोप लागेको छ ।

उनी कम्पनीको फोरेक्स एण्ड इक्विटी स्याटेलाइट डिपार्टमेन्टमा काम गर्दथे । प्रहरीले कम्पनीको उजूरीको आधारमा आईपीसीको धारा ४१९, ४२० र धारा ४०८ र ४०९ को आधारमा पक्राउ परेका हुन् । अश्वनीले फाइनान्सियल मेनेजरको खाताबाट आफ्नो खातामा रकम ट्रान्सफर गरेका थिए । उनले ४ सेप्टेम्बरमा करिब १० मिनेटमै चोरी गरेका थिए । 

यो कुराको खुलासा एक कर्मचारीले लेनदेनमाथि सवाल उठाएपछि भएको थियो । त्यसपछि कम्पनीले भित्रि समिक्षाको आधारमा चोरी भएको रकमको बारेमा पत्ता लगाएको थियो । अनुसन्धानको क्रममा अस्वनीले ‘पोकर’ नामक अनलाइन गेममा ४७ लाख हारेका थिए । यसका साथै उनका अन्य ऋण पनि भएकोले आर्थिक संकटमा पनि थिए । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया