बालिका हिंसाप्रति सरकारको ध्यानाकर्षण

ajaako_artha

राष्ट्रियसभाको आजको बैठकमा कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्यापछि अन्य धेरै बालिकाको बलात्कार भएको तर दोषीलाई कारवाही नगरेकोप्रति सरकारको ध्यानाकर्षण गराइएको छ । 

बैठकको शून्य समयमा नेपाली काङ्ग्रेसका धनकुमारी खतिवडाले हत्या, हिंसा र बलात्कारका घटना बढेको तर सरकारले दोषीलाई कारवाही नगरेकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । 

उहाँले नवलपरासीमा एक बालिकामाथि १० जनाले सामूहिक बलात्कार गरेको, रसुवाका दुई बालिका बलात्कृत भएको जानकारी गराउनुभयो ।  
 काङ्ग्रेसकै मुक्ताकुमारी यादवले २ प्रदेशको लोकप्रिय नारा ‘बेटी बचाऊ’ भए तापनि १५ वर्षीया किशोरीलाई एसिड आक्रमण भएको हुँदा दोषीलाई तत्काल कारवाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

नेकपाका मीना बुढाले रोल्पाको शहीदमार्ग सडकखण्डमा  पहिरोका कारण  बाटो बन्द भएको हुँदा त्यहाँका जनताले सास्ती भोग्नुपरेकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

त्यस्तै, त्यहाँका कृषि बालीहरु यातायात बन्द हुँदा अदुवा, फलफूलहरु कुहिएर खेर गएको हुनाले तत्काल पहिरो पन्छाई बाटो खोल्नुपर्ने माग गर्नुभयो । 

नेपाली काङ्ग्रेसका प्रकाश पन्थले सदनमा सांसदले उठाएका धेरै समस्याका बारेमा सरकारबाट जवाफ नआएको भन्दै सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्ने र संसद्प्रति उत्तरदायी हुनुपर्ने माग गर्नुभयो ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१०२.२०१०२.८०
European Euro१२७.३५१२८.१०
UK Pound Sterling१४४.३३१४५.१७
Swiss Franc१०९.७४११०.३८
Australian Dollar८१.०३८१.५०
Canadian Dollar८२.२६८२.७५
Singapore Dollar७७.४५७७.९१