ट्रम्पको दाबीः व्यापार युद्धमा चीनलाई खर्बौ नोक्सान, ३० लाख रोजगारविहिन

४ बर्ष अगाडि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनको प्रशासनले चीनबाट आयात हुने सामानमा लगाएको शुल्कको कारण चीनमा खरबौँ नोक्सान भएको दावी गरेका छन् । उनले ३० लाखले रोजगारी गुमाएको पनि दाबी गरेका छन् । 

ट्रम्पले अमेरिकाले चीनको विरुद्ध राम्रो काम गरेको भन्दै भने, ‘व्यापार सम्झौता गर्न चीन निकै आतुर छ । त्यसको लागि चीन जुनसुकै सम्झौता गर्न पनि तयार छ ।’

विश्वकै दुई ठूला शक्ति राष्ट्रबीच केहि वर्षदेखि व्यापार युद्ध चल्दै आइरहेको छ । यस युद्धमा दुवै पक्षले अरबौँ डलरको सामानमा शुल्क लगाएका थिए । १० महिना पहिले दुवै देशबीच व्यापार सम्झौताको लागि वार्ता भएको थियो तर त्यसमा कुनै सफलता हासिल भएन ।

सोमबार ह्वाइट हाउसमा बोल्दै ट्रम्पले भने, ‘हामीले खरबौँ डलर कमायौँ तर चीनले खरबौँ गुमायो । यसका साथै चीनले ३० लाख रोजगारी पनि गुमायो । यसमा ती कम्पनीहरुको पनि हात छ जसले चीनलाई छोडेर अन्यत्र आफ्नो स्थान बनाए ।’


 

४ बर्ष अगाडि

प्रतिक्रिया