६ बर्ष भित्र निजगढमा अन्तराष्ट्रिय विमानस्थल

४ बर्ष अगाडि

संस्कृती पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले निजगढ अन्तराष्ट्रिय विमानस्थल आगामी ६ बर्ष भित्रमा बनिसक्ने दाबी गरेका छन् ।

राजधानीमा आजदेखि शुरु भएको पूर्वाधार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले यस्तो बताएका हुन । 

उनले कार्यक्रममा बिदेशी लगानीको लागी निकै उपयुक्त मौका भएको पनि जानकारी गराए ।

उनले भने ‘नेपालमा लगानीगर्ने यो उपयुत्त मौका हो, यति बेला हाम्रो ध्यान विकासमा गएको छ ।’

सम्मेलनमा भट्टराईले इयुको कालोसुचीबाट नेपाल चाँडै नै हट्ने र इयुको मापदण्ड भन्दा नेपालको वायुसेवा राम्रो बनाउने प्रतिबद्धता जनाए । उनले नेपालमा रेलमार्ग निर्माणको लागी चीन र भारतको सहयोग महत्वपुर्ण हुने पनि उल्लेख गरे ।

४ बर्ष अगाडि

प्रतिक्रिया