पावरफुल क्यामेरा भएको आईफोन–११ लन्च, यस्ता छन् नयाँ फिचरहरु

४ बर्ष अगाडि

बहुप्रतिष्ठित कम्पनी एप्पलले आईफोन–११ लन्च गरेको छ । मंगलबार राति आईफोन ११, आईफोन ११ प्रो, आईफोन ११ प्रो म्याक्स लन्च गरिएको हो ।

अमेरिकाको क्यालिफोर्नियास्थित स्वीव जब्स थिएटर भएको एक कार्यक्रमका बीच आईफोनका तीनवटा नयाँ आईफोन लन्च गरिएको थियो ।

यस कम्पनीले पहिलोपटक आईफोनको क्यामेरामा धेरै फोकस गरेको छ । कम्पनीले अहिलेको आईफोनको क्यामेरा अहिलेसम्मकै पावरफुल भएको दाबी गरेको छ । 

आईफोन ११ को विशिष्टताः 

डिस्प्ले साइजः ६.१ इन्च (१७९२x८२८ पिक्सल)
डिस्प्ले टाइपः LCD IPS डिस्प्ले  
ओएसः iOS १३ (लेटेस्ट)
प्रोसेसरः A १३ बायोनिक चिप थर्ड जेनेरेशन 
स्टोरेजः ६४ GB, १२८ GB, २५६ GB
रियर क्यामेराः १२x१२  मेगापिक्सल
फ्रन्ट क्यामेराः १२ मेगापिक्सल
कनेक्टिभिटीः हुअल सिम (नन क्यामेरा र ईसिम)

आईफोन ११ को क्यामेरा फिचर:

–ट्रिपल १२ं१२ मेगापिक्सल अल्ट्रा वाइड (अपरचर ƒ/२.४) र वाइड (अपरचर ƒ/१.८) २ अप्टिकल जूम आउट र ५x डिजिटल जुम

–पोट्र्रोट मोडका साथमा बोकेह मोड र डेफ्थ कन्ट्रोल

–४k भिडियो रेकर्डिङ २४fps, ३०fps, ६०fps

–२k अप्टिकल जुम आउट र डिजिटल जुम ३ सम्म

–अडियो जुम, ब्राइट ट्रु टोन फ्ल्याश

-स्लो मोशन भिडियो फुल HD


 

४ बर्ष अगाडि

प्रतिक्रिया