के तपाईको हत्केलामा पनि छ ‘V’ चिन्ह ? जान्नुहोस् के हो यसको अर्थ

४ बर्ष अगाडि

एजेन्सी । हस्तरेखा विज्ञानले बताएअनुसार मानिसको हत्केलामा भएका हरेक रेखाहरुको आ–आफ्नै महत्व र अर्थ रहेको हुन्छ । जुन कुरामो व्याख्या समुन्द्र शास्त्रमा उल्लेख उल्लेख गरिएको छ ।

हस्तरेखा शास्त्रको अनुसार हातको नाडी, औला आदिको माध्यमबाट व्यक्तिको भविष्य बताउँन सकिन्छ । हत्केलाको रेखाले मानिसको भाग्यको बारेमा धेरै कुरा बताइरहेको हुन्छ ।

भविष्यको अनुमान
भाग्य ति व्यक्तिको पनि हुन्छ जसको हात नै हुँदैन । यो कुरामा सहमत हुदाँहुँदै पनि हामी यो नकार्न सक्दैनौ कि हातको रेखाहरु हेरेर भविष्यको अनुमान लगाउँन सकिन्छ ।

बदलिन्छ रेखा
भनिन्छ मानिसको राम्रो र नराम्रो काम अनुसार उनीहरुको हातको रेखा पनि बदलिन्छ । तर यसको माध्यमबाट भविष्यको अनुमान लगाइन्छ ।

भाग्यको अहम भूमिका
धेरै मानिसहरु सफलता आफ्नो मेहेनत र लगनशिलताले मात्र मिल्ने विश्वास गर्छन् । तर भाग्यको पनि सफलता प्राप्त गर्न अहम भूमिका हुने ज्यातिष शास्त्रमा उल्लेख गरिएको छ ।

के हुन्छ त हातमा ‘v’ अक्षर हुँदा ?
हत्केलामा हृदय रेखाको माथिल्लो भागमा ‘भी’ अक्षर रहेको हुन्छ । यदि हृदय रेखा छैन भने ‘भी’ अक्षर पनि हुँदैन । यो रेखा नहुने मानिस निकै कठोर र आफ्नो भावना कसैसँग पनि नबाड्ने एकलकाटे हुन्छन् ।

हृदय रेखा
जसको हत्केलामा ‘भी’ अक्षर हुन्छ ती मानिसहरु निकै भाग्यमानी हुन्छन् । व्यवसायमा सफलता पाउनुका साथै निकै पैसा कमाउन सफल हुन्छन् । यि व्यक्तिहरुलाई भगवान्को आशिर्वाद सधै मिलिरहन्छ ।

३५ वर्षको उमेरमा भाग्योदय हुने र शुरुवातमा भने जीवन संघर्षपूर्ण हुन्छ । तर ३५ वर्ष कटेपछि यी मानिसहरुको जीवनले ‘यूटर्न’ लिने बताइन्छ । र सफलता नै सफलता मिल्ने विश्वास गरिन्छ ।

जो मानिसको हत्केलामा ‘भी’ अक्षर हुन्छ ती मानिसहरुलाई निकै असल साथी मिल्छ । जसले उनीहरुलाई हरेक दुख र सुखमा साथ दिन्छ ।
साथै यस्ता व्यक्तिहरुलाई ‘लेडी लक’ को साहारा मिल्छ । यी व्यक्तिहरुको जीवनमा यस्तो महिला आउँछिन् कि जसको कारण पूरा जीवन खुशी र सफलता नै सफलता प्राप्त हुन्छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया