झ्याप्प झ्याप्प लाइन जाने समस्या : ६ हजार ट्रान्सफर्मर फेरियो, १४ हजार फेर्दै

४ बर्ष अगाडि

झ्याप्प झ्याप्प लाइन जाने आउने समस्या समाधान गर्न नेपाल विद्युत प्राधिरकणले झण्डै साढे ६ हजार नयाँ ट्रान्सफर्मर जोडेको छ । 

अनियमित रुपमा विजुली जाने समस्या समाधान गर्न प्राधिकरणले नयाँ ट्रान्स्फर्मर जोडेको प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख हरराज न्यौपानेले जानकारी दिए । 

उनले अझै पनि करिब ७ हजार ट्रान्सफर्मर फेर्ने क्रम जारी रहेकाले कतै–कतै लाइन जाने–आउने समस्या रहनसक्ने बताए । 

अहिलेसम्म २० प्रतिशत वितरण क्षमता वृद्धि गरेको भएपनि अझै धेरै संख्यामा ट्रान्सफर्मर आवश्यक देखिएको प्राधिरकणको दावी छ ।

‘हामीलाई २०२४ सम्म ५ हजार मेगावाट विजुली वितरण गर्न सक्ने क्षमता तयार गर्न थप २६ हजार ट्रान्फर्मर चाहिन्छ,’ न्यौपानेले भने, ‘विद्युत वितरणको गुणस्तर सुधार्ने कुरा नियमित चलिरहन्छ । ट्रान्सफर्मर फेर्न थालेपछि ओभरलोडका कारण लाइन काटिने समस्या घटेको छ ।’

प्राधिकरणले करिब १४ हजार नयाँ ट्रान्सर्फमर ल्याएर प्रणाली सुधारको काम गरिरहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया