किन्ने होइन त ? , साओमीको एमआई ए—३ नेपाली बजारमा

४ बर्ष अगाडि

साओमीले नयाँ स्मार्टफोन एमआई ए—३ नेपाली बजारमा ल्याएको छ ।

ए—३ एन्ड्रोइड वान—पावर्ड फोन सिरिजमा उत्तकृष्ट रिजुलेसन क्यामेरा सेटउप सहितको स्मार्टफोन हो । यो फोनको सुरुवाती मुल्य २३ हजार ९ सय ९९  रहेको छ । फोनमा  क्वालकम स्न्यापड्रेगन ६६५ चिपसेट, एमोल्ड सुपर डिस्प्ले, ४०३० एमएएच ब्याट्री, ४८ एमपी ट्रिपल क्यामेरा र इन—स्क्रिन फिंगर प्रिन्ट स्क्यानर लगायत सुबिधा रहेको छ । 

कम्पनीका अनुसार फोन ४ जिबी प्लस ६४ जिबी भेरियन्टको २३ हजार ९ सय ९९ रुपैयाँ र ६ जिबी प्लस १२८ जिबी भेरियन्टको २७ हजार ९ सय ९९ रुपैयाँमा दराज डटकम र सस्तो डिल मार्फत किन्न सकिनेछ ।
नयाँ पत्रिकाबाट
 

४ बर्ष अगाडि

प्रतिक्रिया