नेक्सनको फेब्रुअरीमा बिक्री सुरु हुने, प्रतिस्पर्धा इकोस्पोर्ट र सुजुकी ब्रेजासँग

६ बर्ष अगाडि

काठमाडौं।टाटाको स्पोर्टी एसयुभि सेग्मेन्टको नेक्सन फेब्रुअरीमा लन्च हुने भएको छ।टाटाको नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नेक्सनको बुकिङ खुला गरेको छ।

नेक्सनले भारतमा वर्षकै उत्कृष्ट सवकम्प्याक्ट एसयुभी अवार्ड पाइसकेकोले नेपालमा यो बहुप्रतिक्षित गाडी हो।सिप्रदीका अनुसार सय वटा गाडीपछि बुकिङ बन्द गरिनेछ।नेक्सनको प्रतिस्पर्धीमा गाडीमा फोर्डको इकोस्पोर्ट र सुजुकीको भिटारा ब्रेजा गाडी हो।कम्पनीका अनुसार बुकिङ गर्ने सय जनालार्इ ७५ प्रतिशतलार्इ एक्सचेन्ज भ्यालु,एक वर्षको लागि फ्री फ्युल, एक वर्षको लागि फ्री सर्भिसिङ, एक सय बीस प्रतिशत रिफन्ड भ्यालु लगायतका सुविधा छन्।

यो गाडी २५ हजार रुपैयाँमा बुकिङ गर्न सकिन्छ।टाटा मोटर्सको उत्पादन नेक्सन  पहिलो एसयुभी  (स्पोर्टस युटीलिटी भेहिकल) हो। नेक्सन  २०१७ सेप्टेम्वर देखि भारतमा विक्री सुरु भएको हो। कम्पनीका अनुसार नेक्सनको आंशिक डिजाइन ल्याण्ड रोभर र रेन्ज रोभर इभोकबाट प्रेरित रहेको कम्पनीको दाबी छ। कर्भ डिजाइन, पृथक स्टाइल र स्मार्ट फिचरका कारण एसयुभी मोडलमा नयाँ आयाम ल्याएको कम्पनीले जनाएको छ।

प्रोजेक्टर हेडल्याम्प, एलइडी डे टाइम हेडल्याम्प र एलइडी टेल ल्याम्पयुक्त नेक्सनमा १६ इन्चको एलोइ व्हील, उत्कृष्ट फिटीङ, ड्यास टप एच डी इन्फोटेन्मेन्ट डिस्प्ले र मल्टी ड्राइभिङ मोड सिस्टम छ।

६ बर्ष अगाडि

प्रतिक्रिया