अग्रिम टिकट असाेज ५ गतेदेखि

४ बर्ष अगाडि

दशैंमा घर जानेहरुका लागि बसको अग्रिम टिकट बुकिङ असोज ५ गतेदेखि खुल्ने भएको छ।

आज यातायात व्यवस्था विभागको आयोजनामा बसेको सरोकारवालाहरुको बैठकले असोज ५ गतेबाट अग्रिम बुकिङ खोल्ने निर्णय गरेको हो।

दशैंका लागि पूरानै भाडादरमा टिकट बुकिङ खुल्ला गर्न लागिएको हो। यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालको संयोजकत्वमा यातायात व्यवसायी, ट्राफिक प्रहरी,नेपाल प्रहरी लगायतका सरोकारवाला निकायको सहभागीता थियो ।

व्यवसायीले यसपालीको दशैंमा भाडा बढाउन दबाब दिएपनि यसपटक चाडपर्वमा भाडा बढेको छैन ।

यातायात व्यवस्था विभागले नमानेपछि भाडा बढेको छैन ।

गतबर्ष १० प्रतिशत भाडादर बढाएर मात्रै बुकिङ खुल्ला गर्न सहमत भएका थिए ।

काठमाडाैंबाट यो बर्ष २० लाखभन्दा बढी बाहिरिने अनुमान गरिएको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया