जाजरकाेट पुग्याे बजाज

४ बर्ष अगाडि

नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले जाजरकोटमा पूर्ण सुविधा सम्पन्न नयाँ शोरुम ‘रमेश अटो सप्लायर्स एण्ड सर्विसिङ्ग सेन्टर’ को उद्घाटन गरेको छ ।

नेपालमा सबैभन्दा अधिक बिक्री हुने र विश्वाशीलो अटो मोबाइल ब्राण्ड बजाजले अझ बढि सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउने उद्देश्यले जाजरकोटमा पनि शोरुम संचालनमा ल्याएको छ ।

उद्देश्यलाई सार्थक बनाउन रमेश अटो सप्लायर्स एण्ड सर्विसिङ्ग सेन्टर, जाजरकोटका प्रोपराइटर रमेश के।सी।लाई डिलरसीप प्रदान गरिएको छ । बजाज ग्राहकहरुले खरिद गरेको सामाग्रीको अधिकतम मूल्य प्रदान गर्न सधै प्रतिबद्ध रहेको छ । नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ ।

यसैको माध्यमबाट बजाजलाई आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्नेछ । बजाजले देशभरका ग्राहकहरुलाई गुणस्तरीय र छिटो सुविधा पुर्याउने प्रयास गरिरहेको छ ।

नयाँ शोरुम शुभारम्भ गर्दै हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा।लि।का जनरल म्यानेजर योगेन गुरुङले भने, ँहामी जाजरकोटमा नयाँ शोरुम उद्घाटन गर्न पाउँदा निकै प्रसन्न छौं ।

हाम्रा ग्राहकहरु निरन्तर वृद्धि भइरहनु भएको छ र उहाँहरुलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु हाम्रो जिम्मेवारी हो । जाजरकोटमा यो नयाँ शोरुम विस्तारसँगै, हामीले आशा गरेका छौँ कि यसले ग्राहकहरुको जीवन सहज बनाउनुका साथै उनीहरुले बजाज मोटरसाइकलको नयाँ अनुभव बटुल्ने अवसर प्राप्त गर्नेछन् । शोरुम उद्घाटनको अवसरमा ग्राहकहरुलाई आकर्षक उपहारको व्यवस्था पनि गरिएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया