दुई वर्षपछि फेरी बजारमा यती कार्पेट आउँदै

४ बर्ष अगाडि

यती कार्पेट फेरी बजारमा देखिने भएको छ । दुई वर्षअघिको भीषण आगलागीपछि बजारमा यति कार्पेट आउन सकेका थिएनौँ । अब नयाँ उद्योग फेरी तयार भइसकेको छ ।

 यो मेला हरेक वर्ष परिस्कृत हुदैँ गएको छ । हामीले हाम्रो उद्योग फेरी सञ्चालमा आउँछ भन्ने जानकारीदिने यो उपयुक्त थलो भएको छ । हरेक वर्ष बजारमा नयाँ नयाँ समान र डिजाइन आइरहेका छन् । आयात पनि धेरै बढेको छ । यती कार्पेट नेपालमा ३० वर्ष पुरानो इतिहास र छुटैँ परिचय बोकेको कार्पेट हो । हामी उपभोक्ताको मनमा बसिसकेका छौँ । अहिले प्रतिस्प्रर्धा बढेको छ यती कार्पेटका एन्ड मार्केटिङ राजकुमार शाहले जानकारी दिए  । 

हामी पहिले भन्दा राम्रा डिजाइन र उच्चस्तिरिय प्रविधिसहित आउँछौँ । सकेसम्म दशैँ अगाडी नै र यदि दशैँअगाडी सम्भव भएन भने दशैँ पछाडी र तिहारको विचमा बजारमा आउने शाले बताए ।  
 

४ बर्ष अगाडि

प्रतिक्रिया