अब चार रुपैयाँ मै विद्युतीय सवारी चार्ज गर्न सकिने

४ बर्ष अगाडि

काठमाडौ – नेपाल विद्युत् प्राधिकरणले चार रुपैयाँ मै बिद्धुतिय सवारी साधन चार्ज गर्न सकिने बताएको छ । आईतबार विद्युत् प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक(सिईओ) कुलमान घिसिङले यस्तो बताएका हुन् ।

पछिल्लो समय मुलुकमा विद्युत्  उत्पादन बढेको र वातावरणीय सुव्यवस्थालाई ध्यानमा राखि बिद्धुतिय सवारीलाई प्रोत्साहन गर्न यस्तो व्यवस्था गर्न लागिएको बताएका छन् । बिद्युतीय चार्जिङ पोईन्टको नीति बनिसकेको र यसको कार्यन्वयनमा जान लागिएको कार्यक्रममा बताएका छन् । 

बिद्युतीय सवारी चार्जका लागि बिशेष रात्रिकालिन समयलाई व्यवस्था गर्न लागिएको घिसिङले जानकारी गराएका छन् । 

विद्युत् चार्जिङ पोईन्ट वा चार्जिङ स्टेसन जोकोहीले पनि राख्न सक्ने तर विद्युत्  प्राधिकरणले लिएको महसुलको अधिकतम २० प्रतिशत सम्म उपभोक्ताहरुसँग लिन पाउने प्राधिकरणले बताएको छ ।
यसले पेट्रोलियम सवारी साधन भन्दा ८० प्रतिशत खर्च सम्म कम आउने प्राधिकरणले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया