बालबालिकाका लागि काठको ल्यापटप, १५ वर्षसम्म चल्ने ल्यापटपको कस्तो छ फाइदा ?

४ बर्ष अगाडि

पेरुको वाभा ल्यापटप कम्पनीले नयाँ र सस्तो प्रविधिबाट काठको ल्यापटप बनाएको छ । उक्त ल्यापटप बिग्रेमा सस्तो मूल्यमा र सजिल्यै बनाउन पनि सकिन्छ । यसको नाम वाभा ल्यापटप हो । कम्पनीले यसलाई १५ देखि २० वर्षसम्म प्रयोग गर्न सकिने दाबी गरेको छ । वाभा ल्यापटप पेरुका दुर्गम क्षेत्रका बालबालिकाका लागि निर्माण गरिएको हो । यो निकै हलुङ्गो छ ।

२०१५ मै भएको थियो घोषणा 

सन् २०१५ मा यसको प्रोपोटाइप मात्र पेश गरिएको थियो । तर सन् २०१९ मा २.० भर्जनसहित काठ राखेर निर्माण भयो । निशुल्क लिनक्स अपरेटिङ प्रणालीबाट सञ्चालित हुने यो ल्यापटप भर्खरै बजारमा आएको छ । 

यो पेरुका ती व्यक्तिहरुका लागि तयार पारिएको हो जो शहरबाट निकै टाढा दुर्गम क्षेत्रमा बसोबास गर्छन् । त्यसैले यसको मूल्य पनि कम राखिएको छ । यसको मूल्य १७ हजार (पेरुको विनिमयदर) राखिएको छ । 

यो ल्यापटप कम्प्युटर र माकेटिङ एक्सपट्र्स मिलेर बनाइएको हो । एकल बोर्ड कम्पयुटरमा काठको प्रयोग गरिएको छ । यसको बडीमा कुने पनि समस्या आएका सजिल्यै मर्मत पनि गर्न सकिने बताइएको छ ।

कम्प्युटर इन्जिनियर तथा वाभाल्यापटप टेक्नोलोजीका म्यानेजर जेवियर क्रास्को भन्छन्, ‘हामीले मानिसहरुलाई केही नयाँ दिने उद्देश्यले एकल बोर्ड ल्यापटप बनाएका हौँ ।’

उनले अगाडि भने, ‘हामीले खासगरी बालबालिकालाई ध्यानमा राखेर डिजाइन गरेका छौँ । तेस्रो र चौँथो कक्षामा अध्ययनरत बालबालिकाहरुले यो ल्यापटप आफूसँग राख्न सक्छन् । कक्षा बढ्दै गएपछि ३.० र ४.० भर्जनका ल्यापटप लिन सक्छन् । काठबाट बनेको हुनाले यसले मानविय स्वास्थ्यमा र प्रकृतिमा कम असर गर्छ ।’

यसलाई सोलार वा बिजुली जुनमा पनि चार्ज गर्न सकिन्छ । यसको बडी पाटृ जहिले चाह्यो तब बदल्न पनि सकिन्छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया