प्रकाश दाहाल स्मृति राष्ट्रिय भलिबल

४ बर्ष अगाडि

पहिलो संस्करणको प्रकाश दाहाल स्मृति प्रगतिशील युवा नेपाल कप –२०७६ अन्तर्गत राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिताको अन्तिम चरणको खेल शनिबार हुने भएको छ ।  वर्षाका कारण लगातार स्थगित भएको खेल आज हुने भनिए पनि वर्षाकै कारण फेरि असोज ४ गते शनिबारसम्मका लागि  स्थगित गरिएको आयोजकले जनाएको छ ।

प्रगतिशील युवा नेपालको आयोजनामा भएको उक्त प्रतियोगितामा उपाधिका लागि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्नेछन् । पुलिसले सशस्त्र प्रहरी बल ९एपिएफ० क्लबलाई र  आर्मीले गण्डकी प्रदेशलाई पराजित गर्दै अन्तिम चरणमा पुगेका थिए  । हिजो वर्षाले खेल स्थगित हुनुअघि दुवै टोलीले एक एक खेल जितेका थिए । खेलमा पहिलो खेलमा आर्मीले २५–२३ ले जितेको थियो भने दोस्रो खेल पुलिसले २५–२० ले जितेको थियो । अन्तिमचरणको प्रतिस्पर्धा  चलिरहँदा निरन्तर वर्षा भएपछि आजसम्मका लागि खेल स्थगित गरिएकामा आज पनि निरन्तर वर्षा भएकाले शनिबार गर्ने गरी स्थगित गरिएको हो । 
    
उक्त प्रतियोगितामा गण्डकी प्रदेश तेस्रो भएको छ । हिजो भएको खेलमा गण्डकी प्रदेशले विभागीय टोली एपिएफलाई ३–२ अन्तरले  पराजित गर्दै तेस्रो भएको थियो । तेस्रो स्थान हासिल गरेसँगै गण्डकीले रु एक लाख प्राप्त ग¥यो भने चौथो स्थान हासिल गरेको एपिएफले रु ५० हजार पायो ।  त्यस्तै उक्त प्रतियोगिताको बिजेता टोलीले रु पाँच लाख तथा उपविजेताले रु तीन लाख पाउनेछ  । अन्तिमचरणको खेल नयाँ बसपार्कथित ढोरपाटन स्पोर्ट्स क्लबको मैदानमा हुनेछ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया