यस्तो जन्मकुण्डली भए करोडपति हुने, तपाईको के छ हेर्नुहोस् !

४ बर्ष अगाडि

हाम्रो समाज अहिले पनि बिज्ञान भन्दा ज्योतिसमा बढी बिस्वास गर्दछ । ज्योतिषशास्त्रलाइ मान्ने हो भने ज्योतिषशास्त्र अनुसार खास योग परेका व्यक्तिहरु करोडपति हुने मानिन्छ । तपाई र उनीहरुको जन्मकुण्डलीमा समानता हुन पनि सक्छ । ज्योतिषशास्त्रलाई मान्ने हो भने करोडपति बन्नका लागि कर्म गरेर मात्रै हुँदैन योग समेत मिलेको हुनपर्छ । त्यसैले ज्योतिषशास्त्रका अनुसार करोडपति मानिसहरु राजयोगका हुन्छन् ।

यदि कुनै ब्यक्तिको कुण्डलीमा गुरु धनु वा मीन राशीमा हुन्छ वा कर्कटको स्थानमा पहिलो, चौथो वा सातौं तथा दशौं स्थानमा हुन्छन भने यस्ता ब्यक्तिको योग दिब्य हुन्छ । यस्तो योग मेष, कर्कट वा तुला राशी वा कर्कट तथा तुला र मकर राशी लग्नवालाहरुको कुण्डलीमा हुन्छ । यो योग भएको कुण्डली हुनेहरु चरित्रवान र महान विचारक समेत हुन सक्छन् ।

यिनीहरु बुद्धीमान हुन्छन् र दीर्घ जीवन सुखमय पनि हुन्छ । त्यस्तै अर्को करोडपति बनाउने योग हो मालब्य योग ? यो योगको निर्माण शुक्रले गर्छ । ज्योतिषशास्त्रका अनुसार कुण्डलीको पहिलो स्थान, चौथो वा सातौं एवं दशौं स्थानमा आफ्नो राशि तुला या वृष रह्यो भने यस्ता ब्यक्ति असाध्यै धनी हुन्छन् ।

यिनीहरु रोमान्टिक र कलात्मक हुन्छन् र यसबाटै पैसा कमाउँछन् । यस्ता ब्यक्ति देख्नमा पनि सुन्दर र आकर्षक हुने हुन्छ । जन्मकुण्डलीमा शनि पहिलो र मकर वा कुम्भ राशि पहिलो चौथो वा सातौं स्थानमा बसेको हुन्छ त्यस्तो ब्यक्ति राजयोगमा परेको हुनसक्ने ज्योतिषशास्त्रले भनेको छ । यी राशी भएका मानिसहरु विपन्न परिवारमा जन्मिए पनि अन्तत करोडपति हुन्छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया