सदरमुकाममै विद्युत अवरूद्ध, १८ सय घर  एघार दिनदेखि अन्धकार

४ बर्ष अगाडि

हुम्लाको  हिल्दुम साना जलविद्युत् आयोजनाको मेसिन बिग्रँदा १८ सय घरधुरी ११ दिनदेखि अन्धकारमा बस्दै आएका छन् ।  

विद्युतगृहमा रहेका दुई वटा मेशिनमध्ये एउटा मेशिनले काम गर्न छोडेपछि सिमकोट र खार्पुनाथ गाउँपालिकाका उपभोक्ता अन्धकारमा बस्न बाध्य भएका हुन् । 

दुवै मेशिनका पार्टपुर्जा पूरा नहुँदा हिउँदको समयमा सदरमुकामवासीले विगतका वर्षजस्तै लोडसेडिङको सामना गर्नुपर्ने अवस्था आएको हो । 

१५ वर्षदेखि पुरानै सामग्रीबाट काम चलाईँदै आएको  हिल्दुम साना जलविद्युत् आयोजनामा वितरण केन्द्रको चरम लापरवाहीका दुःख पाएको सेवाग्राहीको गुनासो छ ।
     
आयोजनाले केही वर्ष अघिदेखि फुटेका पाइपलाई ठाउँठाउँमा टालटुल गरेर काम चलाउँदै आइएको थियो । 

ठेक्का प्रणालीबाट निर्माण गरिएको हिल्दुम साना जलविद्युत् आयोजनाको चिनियाँ कम्पनीसँग २०५८ पुसमा ठेक्का सम्झौता भएको थियो भने २०६५ साल जेठ १४ गतेबाट आयोजना सञ्चालनमा आएको थियो । 

दश दिन विद्युत् आपूर्ति नहुँदा जिल्लामा सञ्चालित सरकारी तथा गैरसरकारी कार्यालयलगायत उद्योग, पसल व्यवसायीले भने निकै समस्या भोग्नुपरेको छ ।  

पछिल्लो पटक भदौ २० गतेदेखि विद्युत् आपूर्ति अवरुद्ध हुँदा सदरमुकामसहित सिमकोट र खार्पनाथ गाउँपालिकाका स्थानीय अन्धकारमा बस्न बाध्य भएका छन् । 
 
 

४ बर्ष अगाडि

प्रतिक्रिया