यी महिलाले गरिन् ९ जनासँग विवाह, तर अझै असन्तुष्ट

४ बर्ष अगाडि

कुनै एक महिलाले कतिजना पुरुषसँग प्रेम वा विवाह गर्न सक्लिन्? एक, दुई या तीन ! तर एक महिलाले भने प्रेम र विवाहको अजीव रेकर्ड कायम गरेकी छन् । एकपछि अर्को गर्दै ती महिलालले ९ जना पुरुषसँग प्रेम र विवाह गरिन् । यो खबर भारतको उत्तर प्रदेश राज्य अन्तर्गत पर्ने लखीमपुर शहरको हो।

घटना तब सार्वजनिक भयो जब ती महिलाका आठौं पतिले महिलामाथि आफ्नो दावेदारी प्रस्तुत गर्दै प्रहरीमा मुद्दा दर्ता गरे । अजीव कहानीले चकराएको प्रहरीले उक्त घटनामा सम्झौताका लागि धेरै प्रयास गर्यो । तर कुरा मिलेन । महिलाले नवौं पतिसँग प्रेम गरेको बताइन् र उनीसँगै हिँडिन्।

प्रहरीका अनुसार लखीमपुर शहरको सदर क्षेत्रमा बस्ने महिलाको १० वर्ष पहिले सोही ठाउँका एक युवकसँग विवाह भएको थियो । केही दिनपछि पती–पत्नीबीच खटपट भयो । त्यसपछि महिलाले पतिसँगको नाता तोडेर आफ्नै मर्जीले दोस्रो युवकसँग विवाह गरिन् ।

दोस्रो पुरुषसँग पनि केही समय विताएर उनले तेस्रो पुरुषसँग विवाह गरिन् । तर तेस्रो पुरुषसँगको सम्बन्ध पनि धेरै दिन टिक्न सकेन । हरेक पटक महिलाको उनका पतिसँग मनमुटाव हुँदै आयो र उनले जतिपटक मनमुटाव भयो सम्बन्ध तोड्दै नयाँ पुरुषलाई आफ्नो जीवनसाथी बनाउँदै गइन्।

आठौं पटकको विवाह पछि सम्बन्धमा केही स्थायीत्व आयो । फरधान भन्ने ठाउँका एक व्यक्तिसँग विवाह गरेपछि ती महिला उनीसँग करिव ५ वर्ष रहिन् । त्यस दौरान उनी ४ वटा बच्चाकी आमा बनिन् । समय अगाडि बढ्दै थियो तर, फेरि पति र पत्नीबीच विवाद भयो।

आठौं पतिसँग बस्ने मन नलागे पछि ती महिलाले अर्को पुरुषसँग नवौंपटक विवाह गरेर फरधान छाडेर मोहम्मदी भन्ने ठाउँमा आएर बस्न लागिन्। तर आठौं पतिले उनीविरुद्ध फरधान प्रहरी चौकीमा रिपार्ट दर्ज गराए र मोहम्मदी भन्ने ठाउँका युवकले आफ्नो पत्नी भगाएको आरोप लगाए।

त्यसपछि प्रहरीले महिला र उसका नवौं पतिको खोजी सुरु गर्यो। खोजी सुरु गरेको केही दिनपछि प्रहरीले महिला र उनका नवौं पतिलाई पक्राउ गर्यो । उनीहरुलाई स्थानीय अदालतमा पेश गरियो। महिलाले आफू नवौं पतिसँग बस्न इच्छुक रहेको बयान दिएपछि अदालतले आठौं पतिले दायर गरेको मुद्दा खारेज गरिदिएको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया