११७ सैनिक कारबाहीमा परे

४ बर्ष अगाडि

काठमाडौँ । नेपाली सेनामा पुरस्कार र दण्ड सजायसम्बन्धी निर्देशिका कडाइका साथ लागू गरिएको छ । यो एक वर्ष अवधिमा सैनिक जवानदेखि उच्च अधिकृत तहसम्म एक हजार ११७ जना कारबाहीमा परेका छन् ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सैनिक आचरणविपरीतका काम कारबाहीमा संलग्न रहेको अभियोगमा विभिन्न कसुरमा संलग्नमध्ये २१६ जना सैनिकलाई कैद सजाय र १७५ जनाको बढुवा रोक्का गरिएको छ । ४९ जनालाई एक तह घटुवा, १०१ जनाको तलब वृद्धि रोक्का, २०७ जनालाई राजस्व जरिवाना, छ जनाको सेवा अवधि गणना नहुने, ४७ जनालाई नसिहत, ३०४ जना बर्खास्त र २३६ जनालाई सचेत गराइएको छ ।
करिब ९५ हजार जनशक्ति रहेको सेनाभित्र एक वर्षमा यतिको कारबाही सङ्ख्या विगतको भन्दा धेरै हो । 
जाँडरक्सी खाई होहल्ला, झैझगडा गर्ने, लागूपदार्थ सेवन तथा बेचबिखन, जबरजस्तीकरणी,
यौन दुराचार, साइबर अपराध, सवारी ज्यान मुद्दा र दुर्लभ वन्यजन्तुको ओखटेपहार  बेचबिखनमा संलग्न सैनिक कर्मचारीलाई कारबाही गरिएको खबर गोरखापत्रमा छापिएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया