‘कोहलपुर एक्सप्रेस’ लिएर जापान पुगे केकी र प्रियंका

५ बर्ष अगाडि

काठमाडौं – अभिनेत्री केकी अधिकारीले निर्माण गरेका चलचित्र ‘कोहलपुर एक्सप्रेस’को जापानमा विशेष शोका लागि जापानमा छन् । आइतबार बेलुकी जापानमा चलचित्रको विशेष शो गरिएको छ । 
ओम शान्ती ओम इन्टरटेन्मेन्ट र डेस्टिनी क्रियशनको संयुक्त आयोजनामा जापानको फुकुयोगा, नायोगा, ओसाका ,सिजोका लगायत बिभिन्न १२ शहरमा चलचित्रको बिशेष हो हुनेछ । ओमशान्ती ओमका इश्वर श्रेष्ठ र उनको टिमले यो चलचित्रको शो जिम्मा लिएको हो । 
चलचित्रको विशेष शोका लागि नेपालबाट अभिनेत्री प्रियंका कार्की र केकी अधिकारी पुगेका छन् । केही दिन पहिले पुगेका केकी र प्रियंकाको आयोजकले भब्य स्वागत समेत गरेका छन् ।
१४ बैशाखमा नेपाल प्रदर्शन भएको चलचित्रमा प्रियंका कार्की, केकी अधिकारी, ऋचा शर्मा, बुद्धि तामाङ, रविन्द्र झा, विनोद न्यौपाने, बाल९कलाकार कुशाग्र भट्टराई लगायतको अभिनय रहेको छ । 
विशाल भण्डारीले निर्देशन गरेको चलचित्र अभिनेत्री केकीले नै निर्माण गरेकी हुन् ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया