टाटाको स्पेयर्स पार्टस बेच्ने राजकुमारले पाए एच फाइभ गाडी

४ बर्ष अगाडि

काठमाडौं – टाटाको रिटेल च्याम्पियनमा उत्कृष्ट काम गर्ने चण्डेश्वरी अटो स्पेयर्सका राजकुमार पोतेले टाटा एच फाइभ पुरस्कार पाएका छन्।नेपालभर रहेका तीन सय च्याम्पियन जोन,रिटेलर र आधिकारिक सर्भिस सेन्टरमध्ये उनी उत्कृष्ट भएका हुन्।

सोमबार टाटा मोटर्सका आइवि पार्टस हेड राकेश मित्तल र सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले गाडीको साँचो हस्तान्तरण गरे। टाटाको जेन्युईन पार्टस उपलब्ध गराउने उदेश्यसहित सम्मान गर्दै आएको कम्पनीले जनाएको छ।

सिप्रदी अटो पार्टसका महाप्रवन्धक युवराज बुढाथोकीले च्याम्पियन र रिटेलरलाई लक्षित गर्दै विभिन्न कार्यक्रम गर्दै आएको जानकारी दिए।

४ बर्ष अगाडि

प्रतिक्रिया