मुगुमा स्याउको बजार मुल्य ५ रुपैँयो, बजार नपाएपछि गाई भैंसीलाई कुँडो

४ बर्ष अगाडि

यसपाली मुगुमा स्याउ उत्पादन बढेको थियो ।

तर उत्पादन अनुसारको बजार नपाउँदा स्याउ खेर जाने डर बढेको छ ।

मुगु जिल्लाको स्याउ पकेट क्षेत्रमा यस बर्ष १ करोड भन्दा बढीको स्याउ उत्पादन भएको अनुमान गरिएको छ ।

तर उत्पादन बढी भएता पनि स्याउले भाउ नपाउँदा किसान भने चिन्तित बनेका हुन् ।

अहिले मुगुको स्थानीय बजारमा स्याउको मुल्य ५ रुपैँया रहेको छ भने किसानहरु स्याउ खेर जान थालेपछि गाई भैंसीलाई कुँडो बनाएर खुवाउन थालेका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया