बैंकहरुलाई गभर्नरको चेतावनी : आइटीमा लगानी गर, निर्देशन जारी गर्नु नपरोस्

४ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जिवी नेपालल ह्याकरहरुले एटीएम ह्याक गरेर ठूलो रकम निकालेपछि नेपाल राष्ट्रबैंकले बैंकिङ्ग सुरक्षाका लागि सुचना प्रविधि क्षेत्र (आइटी)मा लगानी गर्न बैंकहरुलाई सुझाव दिएका छन् ।   

नेशनल बैंकिङ इन्ष्टिच्युट (एनबिआइ) को बिहीबार आयोजित कार्यक्रममा  गभर्नर नेपालले सुझावलाई नटेरेमा बैंकहरु आनाकानी गरेमा भने निर्देशन नै जारी गर्ने चेतावनी दिए । 

केही समयअघि एनआइसी एसियाको स्विफ्ट र १९ दिनअघि नेपाली बैंकहरुको एटिएम ह्याक भएपछि सुरक्षामा गम्भिर हुनुपर्ने अवस्था देखिएको उनले बताए ।

“हामीले आइटीमा गम्भिर हुन सुझाव दिएका छाैं तर हाम्रोमा निर्देशन जारी नगरी कसैले भनेकै नमान्ने प्रवृत्ति छ”, गभर्नर चिरञ्जिबी नेपालले भने, “केही समय हेरौं, बैंकहरुले कसरी हाम्रो कुरालाई लिँदा रहेछन्। नभएदेखि निर्देशन जारी गरेर आइटीमा लगानी गर्न लगाउँछौं।”

गभर्नरका अनुसार, संस्थागत सुशासन र कर्मचारी तालिममा जस्तै सुचना प्रविधि क्षेत्रमा पनि नाफाको निष्चित प्रतिशत लगानी गर्ने ब्यवस्था गरिने छ।

भुकम्पको समयमा सहयोगका लागि गरेको आग्रह नमानेपछि प्रधानमन्त्री राहत कोषमा पैसा जम्मा निर्देशन नै जारी गर्नुपरेको प्रसंग स्मरण गर्दै उनले बैंकहरुले आइटीमा लगानी नगरे निर्देशन नै जारी गर्ने चेतावनी दिए । 

“राष्ट्र बैंकले निर्देशन जारी गर्नु नपरोस्। यदि नगर्ने हो भने हामी चाँडै निर्देशन जारी गर्नेछौं। बि सिरियस् ”, उनले भने ।  

४ बर्ष अगाडि

प्रतिक्रिया