धितोपत्र बोर्डले नेप्सेलाई फेरी सोध्यो – मार्जिन कारोबार किन शुारु भएन ?

४ बर्ष अगाडि

काठमाडौं – मार्जिन कारोबार सेवा तत्काल सुरु गर्न धितोपत्र बोर्डले नेप्सेलाई पुनः निर्देशन दिएको छ ।

ब्रोकर मार्फत मार्जिन कारोबार सुरु गर्न सबै पूर्वाधार तयार भइसके पनि हालसम्म मार्जिन कारोबार सुरु नभएको भन्दै धितोपत्र बोर्डले नेप्सेका नाममा फेरि अर्को निर्देशन जारी गरेको हो । यो निर्देशनपछि मार्जिन कारोबार अब तत्काल सुरु हुने सम्भावना बढेको छ ।

मार्जिन कारोबार सुविधा सञ्चालनका लागि राफसाफ सम्बन्धी बेग्लै हितग्राही खाता चाहिने भएकाले त्यसका लागि धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावली २०६८ को पाँचौ संशोधन समेत भइसकेको छ । यसलाई धितोपत्र बोर्डले स्वीकृत समेत गरिसकेको छ ।

हालसम्म नेपाल राष्ट्र बैंकबाट २१ वटा ब्रोकरलाई मार्जिन कारोबारका लागि कर्जा उपलब्ध गराउन अनुमति समेत दिइसकेको छ । यसरी सबै पूर्वाधार तयार भइसक्दा पनि मार्जिन सेवा सुरु नभएको भन्दै बोर्डले नेप्सेलाई यो काम तत्काल अघि बढाउन निर्देशन दिएको हो । 

४ बर्ष अगाडि

प्रतिक्रिया