अब बैंकमा जम्मा गरेकाे पैसाबाट भुक्तानी गर्न ‘कन्ट्याक्टलेस कार्ड’ जारी हुने

४ बर्ष अगाडि

बैंकमा जम्मा गरेको नगद निकाल्न र रकम भुक्तानी गर्न प्रयोग हुने कार्ड सेवा दिँदै आएको स्मार्ट च्वाइस टेक्नोलोजिज् (एससिटी) ले अव ‘कन्ट्याक्ट लेस’ कार्ड जारी गर्ने भएको छ । 

शुरुमा म्याग्नेटिक र अहिले चिपमा आधारित कार्डहरुबाट सेवा दिएको एसटीसीले सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै नयाँ ‘कन्ट्याक्ट लेस’ कार्ड जारी गर्ने भएको हो । 

नेपालमा सबैभन्दा पहिला कार्ड भित्र्याउने एससिटीले चीनको युनियन पेसँगको सहकार्यमा ‘कन्ट्याक्ट लेसु कार्डहरु जारी गर्न लागेको कम्पनीका अध्यक्ष देवीप्रकाश भट्टचनले बताए । 

१६ बर्षदेखि कार्ड सेवा सुरु गर्दै एसटीसीमा पछिल्लो समय प्रभु समूह र प्रभु म्यानेजमेन्टले व्यवस्थापन लिएको छ ।  यसमा आइएमई समूह र हिमालयन बैंकले पनि लगानी गरेका छन् । 

‘कन्ट्याक्ट लेस’ कार्ड चिपभन्दा सुरक्षित र आधुनिक भएको उनीहरुको दावी छ । एससिटीले चाँडै प्रभुपे र आइएमइपे कार्ड जारी गर्ने कम्पनीका अध्यक्ष भट्टचनले बताए । नेपाली कार्ड भएकाले सबैले माया गर्नु पर्ने उनको भनाइ छ । 

‘कन्ट्याक्ट–लेस’ कार्डहरु डेबिड’ र ‘प्रिपेड’ हुने कम्पनीको भनाइ छ । प्रिपेड कार्ड नेपालमा मात्र नभएर विदेशमा समेत सेवाग्राहीले सहज रुपमा प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ । 

दुबै कार्डहरुबाट ग्राहकहरुले अनलाईनमार्फत पनि सहज रुपमा कारोबार गर्न सक्ने युनियन पे इन्टरनेशनलका महाप्रबन्धक ल्यू हेङको भनाइ छ । हाल युनियन पे मार्फत १ सय ७३ देशका २ करोड ७० लाख बढी सेवाग्राहीले कारोबार गर्दै आएका छन् ।

विगत १५ वर्षदेखि नेपालमा विद्युतीय भुक्तानीको क्षेत्रमा संलग्न एससीटीले नेपालका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुका एटीएम, पीओएस नेटवर्किङ स्वीचिङ, ई कमर्श तथा एम कमर्श जस्ता सेवा प्रदान गर्दै आइरहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया