जब अभिनेत्री रेखालाई सासुले घरबाट निकालिदिइन्

४ बर्ष अगाडि

एजेन्सी । बलिउडमा विनोद मेहेराले आफ्नो सहज अभिनयका कारण ७०–८० को दशकमा एक अलग्गै पहिचान बनाउन सफल भएका छन् । मेहेराको जन्मदिनको अवसरमा उनका जीवनका केहि राजहरुको बारेमा गरिएका  चर्चा गरिएको छ ।  

१३ फेब्रअरी १९४५ मा पञ्जावको अमृतसारमा जन्मिएका मेहराले बालकलाकारको रुपमा बलिउडमा कदम राखेका थिए । १३ वर्षको उमेरमा पहिलो फिल्म ‘रागिनी’ बाट उनले निकै प्रशंसा बटुले । 

सन् १९६५ मा बलिउड छोडेर प्राइभेट कम्पनीमा जागिरे भए । ‘अल इन्डिया ट्यालेन्ट कन्टेस्ट’ प्रतियोगितामा राजेश खन्नासँग उनले हार बेहोर्नुपरेको थियो । 

त्यसपछि उनले १९७१ मा ‘एक थी रीता’ बाट पुनः बलिउडमा प्रवेश गरे । लगत्तै उनले आमाको रोजाईमा मीरा ब्रोकासँग बिहे गरे । तर उनले मीरासँग सम्बन्धविच्छेद गरेर आफ्नी फिल्मकी अभिनेत्री बिन्दिया गोस्वामीसँग विहे गरे । 

भाग्यको खेल पनि कस्तो ? यता गोस्वामीको लागि विनोदले मीरालाई छोडे तर गोस्वामीले निर्देशक जे पी दत्ताको लागि विनोदलाई छोडिदिइन् ।  विनोदले तेस्रो विहे किरणसँग गरे तर किरणको पनि दुई वर्षपछि निधन भयो । उनीबाट दुई सन्तान भएका थिए छोरा रोहन र छोरी सोनिया । 

विनोद मेहेराको जीवनमा सबैभन्दा चर्चामा रहेको क्षण भने रेखासँगको अफयर नै हो । विभिन्न भारतीय सञ्चार माध्यमको अनुसार उनले रेखासँग बिहे नै गरेका थिए । भनिन्छ रेखा र विनोदको बिहे कलकत्तामा भएको थियो र उनले रेखालाई घर लिएर गएका थिए । तर अपसोच विनोदकी आमाले रेखाको अतितलाई अर्थात विना बिहे नै जन्मिएकी सन्तान भएको भन्दै उनलाई अस्वीकार गरिन् । 
आमाको विरुद्धमा जान नसकेपछि विनोदले रेखासँगको सम्बन्ध टुटाउन बाध्य भए । तर यी दुवैले कहिल्यै यो सम्बन्धलाई नस्वीकारे पनि रेखाले विनोदलाई पाउनको लागि साङ्ला मार्ने औषधि सेवन गरेको समाचारले निकै चर्चा पाएको थियो । 

सयभन्दा बढी फिल्ममा अभिनय गरेका विनोदको निधन ४५ वर्षको उमेरमै भएको थियो । 

४ बर्ष अगाडि

प्रतिक्रिया