नागरिक उड्यन प्राधिकरणले आफ्ना कर्मचारीलाई १ अर्ब २६ करोड ३१ लाख रुपैयाँ बोनस दिने भएको छ ।
प्राधिकरणले आफ्ना कर्मचारीलाई सात आर्थिक वर्षको बोनस एकैपटक दिन लागेको हो । कम्पनीले २०६८/६९ लेदि गत वर्ष २०७४/०७५ सम्मको नाफाबाट आफ्ना कर्मचारीलाई बोनस दिने जनाएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयबाट सो बोनस स्विकृत भइसकेको र अन्तिम स्विकृतिका लागि अर्थमन्त्रालय पठाइएको प्रािधिकरणले जनाएको छ ।
प्राधिकणले नेपाल सरकालाई भुक्तानी गर्नुपर्ने लाभांश भने ३५ करोड ७६ लाख रुपैयाँ रहेको छ ।
प्रतिक्रिया